२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख तुम्बाहाङफेको पद खोसिने, नेकपाले गर्यो यस्तो निर्णय



अ+ अ-

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेको पद खोसिने भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको हो।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सभामुख पद लिन तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरेको हो। सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्था छ। सभामुख पद लिन नेकपालाई उपसभामुख पद छाड्नुपर्ने बाध्यता छ।

निवर्तमान सभामुख महराले दोष खेप्दा तुम्बाहाङफेको पद धरापमा देखिएको छ। सभामुख पद लिन उपसभामुख छाड्ने निष्कर्षमा नेकपा नेतृत्व पुगिसकेको छ।