२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु



अ+ अ-

काठमाडौं । बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

अरनिको राजमार्गमा पर्ने बनेपाको दूरसञ्चार नजिकै बागमती प्रदेश ०१-००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनापछि स्थानीयले घटनास्थलमा प्रदर्शन गरेका छन्। स्थानीयको विरोधको कारण सो क्षेत्र तनावग्रस्त बनेको छ भने अरनिको राजमार्गमा सवारी आगमन अवरुद्ध छ।