२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

छलपूर्ण प्रचारबाट मतदाता ठगिनु हुँदैन: एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति नगरेको स्पष्ट पार्नुभएको छ ।

सामाजिक संञ्जालमा मार्फत उहाँले कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ

हिजो झापा -५ का उम्मेदवारबीच पब्लिक डिबेट कार्यक्रममा सहभागी भएँ। उम्मेदवारहरुले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो। चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो। उम्मेदवारहरू नागरिक भन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्‍याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन।

हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौं । त्यसैले हामीमाथि आलोचना र विरोधहरु पनि सुनिन्छन्। कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ।

पब्लिक डिबेट आयोजना गर्ने आयोजक, त्यसमा भाग लिने उम्मेदवार र सहभागी नागरिक सबैलाई धन्यवाद।

म नागरिकहरुको साथमा रहनेछु।
प्रश्न सोधौँ, एमाले रोजौं ।




भर्खरै