२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका मतदातामाझ बालेनले भनेः भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ ।

धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।

वरिष्ठ नेता साहले आफूहरु भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिएपनि कामको लिष्ट दिए हुने वरिष्ठ नेता साहको भनाई थियो । सो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार समेत रहनुभएका साहले आँखाबाट चश्मा खोल्दै आफ्नो आँखा नभई काम हेर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘तपाईहरुलाई यहाँ आएर भेट्न पाइयो । धेरै खुशी लाग्यो । म धेरै बोल्ने मान्छे होइन ।. राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग भोट माग्न आएको होइन, काम माग्न हो । काम दिनुस् है । तपाईंहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो । के के काम छ, हाम्रा उम्मेदवारहरुलाई हाम्रा पार्टीका मान्छेहरुलाई हाम्रो काम यो हो भनेर लिष्ट दिनु । भोट नदिएपनि हुन्छ बरु, कामको लिष्ट दिनू । काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । आँखा हेर्नु पर्दैन काम हेरे हुन्छ, हामी काम गरेर देखाउँछौँ ।’

वरिष्ठ नेता साहले गरिबको पक्षमा आफूहरुले काम गर्ने समेत बताउनु भयो ।