२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलिया समूह चरणबाटै बाहिरियो, सुपर ८ का सबै टोली घोषित



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । बुधबार भएको समूह ‘ए’ को खेलमा पाकिस्तानले नामिबियालाई हराउँदै अन्तिम टोलीको रूपमा सुपर ८ मा पुगेको हो ।

समूह ‘ए’ बाट पाकिस्तान र भारत सुपर–८ मा पुगेका छन् भने समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्बे छनोट भएका छन् । समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेष्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजील्याण्ड सुपर–८ मा पुगेका छन् ।

सुपर ८ को समिकरण

सुपर–८ को समूह–१ मा भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र जिम्बाबे छन् भने समूह २ मा इंग्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन् । यी खेलहरू यही फेब्रुअरी २१ बाट सुरू हुनेछन् ।

खेल तालिका

फेब्रुअरी २१ – पाकिस्तान vs न्यूजील्यान्ड

फेब्रुअरी २२ – श्रीलंका vs इङल्यान्ड

फेब्रुअरी २२ – भारत vs दक्षिण अफ्रिका 

फेब्रुअरी २३ – वेस्ट इन्डिज vs  जिम्बाबे 

 

पाकिस्तान १०२ रनले विजयी

पाकिस्तानले समूह चरणको अनितम खेलमा नामिबियालाई १०२ रनले हराएको थियो । पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबिया १७ ओभर ३ बलमा ९७ रनमा समेटियो ।

नामिबियाका लागि लोरेन स्टिनक्याम्पले सर्वाधिक २३ रन बनाए । बलिङमा पाकिस्तानका उस्मान तारिकले सर्वाधिक ४ विकेट लिए ।

विश्व क्रिकेटमा निकै बलिया मानिएका अस्ट्रेलिया, अफगानिस्तान समूह चरणबाटै घर फर्किए । नेपाल पनि एक जित र तीन हारका साथ विश्वकपबाट बाहिरिएको थियो ।