२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो’: केपी शर्मा ओली



अ+ अ-

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, व्यवस्था र सार्वभौमसत्ता विरुद्धको योजनावद्ध आक्रमण भएको बताउनुभएको छ ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले देश हाल विवेक र आवेगको दोबाटोमा उभिएको चर्चा गर्दै भत्काउने र बनाउने दुई सोच बीच द्वन्द्व भइरहेको उल्लेख गर्नुभयो । उहाँले भदौ २३ को प्रदर्शनमा घुसपैठ भएको र शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलिएको आरोप लगाउनु भयो ।

राजनीतिक अस्थिरतालाई देश विकासको मुख्य बाधकका रूपमा चित्रण गर्दै ओलीले ठूला दलहरू मिल्नु संकटको कारण नभई अस्थिरता रोक्ने प्रयास भएको स्पष्ट पार्नुभयो । उहाँले संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकबाट प्रणालीमाथि नै प्रहार गर्ने उद्देश्यले ती घटनाहरू गराइएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गत भदौ २३ २४ को विध्वंश पछि फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलियो । लामो संघर्षको उपलब्धि संविधान र समग्र व्यवस्था माथि धावा बोलियो । स्वाधीनता र स्वाभिमान माथि आक्रमण गरियो । आज देश यस्तो दोबाटोमा उभिएको छ जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कोतिर विवेक र जिम्मेवारी छ । भत्काउने र बनाउने दुई सोच बीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ । उपस्थित मित्रहरु, निर्वाचनको केही साता अघि हाम्रा प्रतिबद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ सिंगो समाज प्रश्नै प्रश्नहरुको घेरामा छ । जसरी आम मतदाताको हामीसहित स्थापित राजनीतिक दल र नेताहरुप्रति प्रश्न छ, त्यसै गरी मेरा पनि केही प्रश्नहरु छन् । पहिलो, भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियोरु कि देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ? दोस्रो, भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ ग¥यो ? शान्तिपूर्ण कार्यक्रम सकियो भन्दै घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो ? तेस्रो, भदौ २३ र २४ का घटनाहरु स्वतःस्फूर्त थिए कि योजनाबद्ध रु निजी सम्पत्ति, व्यवसाय र साधारण नागरिकलाई किन लक्ष्य बनाइयो ? आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मी माथि किन आक्रमण गरियो ? चौथो, सरकार, संविधान तथा व्यवस्थाका सन्दर्भमा जेन–जी प्रदर्शनकारीका कुनै माग थिएनन् । हुँदै नभएको माग पूरा गरे झैं प्रणाली माथि नै धावा बोल्ने गरी प्रतिनिधि सभाको विघटन किन गरियोरु यी र यस्तै अरु प्रश्नहरु निर्वाचनमा आफ्ना आन्तरिक कमजोरी लुकाउन बनाइएको विदेशी षड्यन्त्रको सिद्धान्त (कन्सपिरेसी थ्योरी) होइन । संविधान, व्यवस्था र हाम्रो सार्वभौम सत्ताको रक्षा गर्न हामीले यसको जवाफ खोज्नै पर्छ ।’

अध्यक्ष ओलीले एमालेसँग मात्र विकास, सुशासन र निर्माणको स्पष्ट ट्रयाक रेकर्ड रहेको दाबी गर्दै ध्वस्त भएका संरचनाको पुनः निर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब एमालेको काँधमा रहेको जिकिर गर्नुभयो । —न्युज एजेन्सी नेपाल