२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाविरुद्ध जिम्बावेको शानदार जित



अ+ अ-

 काठमाडौँ। आईसीसी टी-२० विश्वकपको समूह चरणको एक रोमाञ्चक खेलमा जिम्बाब्वेले घरेलु टोली श्रीलंकालाई ६ विकेटले पराजित गर्दै स्तब्ध पारेको छ।

कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा भएको खेलमा १७९ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ३ बल बाँकी छँदै ४ विकेट गुमाएर जित हासिल गरेकाे हाे ।

जिम्बावेको जितमा ब्रायन बेनेटले ४८ बलमा ६३ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ  खेले। कप्तान सिकन्दर राजाले २६ बलमा ४५ रन बनाए। उन प्लेयर अफ द म्याच बने। उसका लागि तडिवान्से मारुमनीले ३४ र रायन बर्लले २३ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। श्रीलंकाका लागि ओपनर पथुम निसान्काले ४१ बलमा ६२ रनको शानदार अर्धशतकीय पारी खेलेका थिए भने पवन रथनायकेले २५ बलमा आक्रामक ४४ रन जोडेका थिए।

बलिङतर्फ जिम्बाब्वेका ग्रेम क्रेमरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। त्यस्तै ब्राड इभान्स र ब्लेसिङ मुजराबानीले पनि समान २–२ विकेट लिएका थिए।




भर्खरै