२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशव्यापी भ्यालेन्टाइन अभियान “मायासँग मायाको यात्रा” मार्फत यामाहा नेपालले मनायो प्रेमको उत्सव



अ+ अ-

काठमाडौं: यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान “मायासँग मायाको यात्रा” मार्फत देशभर प्रेम र खुसी बाँडेको छ। यस अभियानले प्रेमको भावनालाई उत्सवका रूपमा मनाउँदै यामाहाको ग्राहक–केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई बलियो बनाएको छ। अभियानले नेपालको सातै प्रदेश समेट्दै यामाहाको पहुँचलाई व्यापक बनाएको छ।

अभियान अन्तर्गत यामाहाले आफ्नो सवारी साधन हस्तान्तरण प्रक्रियामा मिठास र सम्झनायोग्य स्पर्श थपेको थियो। भ्यालेन्टाइन सप्ताहका दौरान नयाँ यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई यामाहाको तर्फबाट customized चकलेट प्रदान गरिएको थियो। साथै, शोरूमहरूमा भ्यालेन्टाइन थिमका कार्यक्रमहरू आयोजना गरी ग्राहकलाई विशेष महसुस गराउने प्रयास गरिएको थियो।

यस अभियानमा राष्ट्रव्यापी फोटोबुथ प्रतियोगिता पनि समावेश गरिएको थियो। देशभरका यामाहा शोरूमहरूमा भ्यालेन्टाइन थिममा सजिएका फोटोबुथ स्थापना गरिएका थिए, जहाँ ग्राहकहरूले आफ्ना रमाइला क्षणहरू कैद गरी सामाजिक सञ्जालमा शेयर गरेका थिए। प्राप्त इन्ट्रीहरूमध्ये प्रत्येक प्रदेशबाट एक–एक जना भाग्यशाली विजेता चयन गरी उहाँहरूलाई विशेष भ्यालेन्टाइन डिनरको अवसर प्रदान गरिएको थियो। प्रदेशगत विजेताहरूमा बिशाल माझी (बागमती, चाबहिल), चन्दा श्रेष्ठ बस्नेत (कोशी, बिर्तामोड), सीता कुमारी तामाङ (मधेश, बर्दिबास), अब्दुल अजीज खान पठान (लुम्बिनी, नेपालगञ्ज), शालिभान बोहरा (सुदूरपश्चिम, धनगढी), अनीता रास्कोटी (कर्णाली, सुर्खेत) र अशोक कुमार दर्जी (गण्डकी, पोखरा) रहेका छन्। यसैगरी, कुमारिपाटीका श्री देवराज स्याङ्बोले ग्रान्ड प्राइजस्वरूप काठमाडौंस्थित एक प्रिमियम होटलमा विलासी ‘स्टेकेसन’ जित्दै आफ्नो भ्यालेन्टाइन उत्सवलाई अविस्मरणीय बनाएका छन्।
शोरूमका कार्यक्रमसँगै यामाहाले देशका प्रमुख सहरहरूमा हाइ-इनर्जी मल एक्टिभेसन कार्यक्रम पनि आयोजना गरेको थियो। बानेश्वरस्थित आइप्लेक्स मल र सामाखुसीस्थित सिटी स्क्वायर मलमा आयोजित कार्यक्रमहरूमा इन्टरएक्टिभ पजल गेम, फ्ल्यासमब, लाइभ होस्टिङ तथा इन्स्ट्यान्ट गिफ्ट ह्याम्पर जस्ता आकर्षक गतिविधिहरू समावेश थिए। यी कार्यक्रमले युवादेखि परिवारसम्म सबैलाई आकर्षित गर्दै भ्यालेन्टाइनको उत्साह फैलाएको थियो।

यामाहा मायासँग मायाको यात्रा” अभियान मार्फत यामाहा नेपालले प्रेम, मनोरञ्जन र ग्राहक सम्मानलाई एउटै उत्सवमा समेट्न सफल भएको छ। यस अभियानले ग्राहकहरूको अनुहारमा मुस्कान ल्याउनुका साथै देशभरका समुदायसँग ब्रान्डको सम्बन्ध अझ सुदृढ बनाएको छ। यस वर्षको भ्यालेन्टाइन सप्ताह सबैका लागि सम्झनायोग्य बनेको छ।

एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालित यामाहा नेपाल इनोभेसन, उत्कृष्ट प्रदर्शन र भरपर्दोपनको क्षेत्रमा अग्रणी ब्रान्डका रूपमा स्थापित छ। नेपाली ग्राहकलाई जापानी प्रविधि र आकर्षक डिजाइनको संयोजन भएका विश्वस्तरीय दुईपाङ्ग्रे सवारी साधन उपलब्ध गराउँदै आएको यामाहा नेपालले देशव्यापी सशक्त डिलर नेटवर्क मार्फत उन्नत प्रविधि, चालक–केन्द्रित सुरक्षा तथा भरपर्दो आफ्टर सेल्स सपोर्ट प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।