११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटल उद्योगमा भएको लगानीको सुरक्षा राज्यले गर्नुपर्छ: उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले होटल उद्योगमा भएको लगानीको सुरक्षण राज्यले गर्नुपर्ने बताउनुभएको छ । उहाँले होटलमा धेरै लगानी भएको बताउँदै अहिलेसम्म त्यस्तो लगानीको सुरक्षण राज्यले गर्न नसकेको बताउनु भयो । शुक्रवार राजधानीमा भएको एक कार्यक्रममा ढकालले भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रिय एयरर्पोट बन्ने भएपछि धेरै होटल बनेको तर चल्न अहिले धौधौ परिरहेको बताउनु भयो ।

ढकालकाअनुसार सरकारले राम्रोसँग एयरपोर्ट नचलाइदिँदा त्यहाँका होटलहरु समेत धराशायी बनिरहेका छन् ।  सम्भावना भएका क्षेत्रमा सरकारले योजना बनाएर काम गनुर्पछ । पर्यटनलाई अघि बढाउन हबाइ उडानहरु बढाउनुपर्छ । हबाइ उडान बढाएर भैरहवा, पोखरालाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने उहाँको भनाइ छ ।
उपाध्यक्ष ढकालले भन्नुभयो–‘होटलमा धेरै लगानी भएको छ । भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रिय एयरपोर्ट बन्ने भनेर धेरै होटलहरु बन्यो । तर होटल क्षेत्रमा लगानी सुरक्षित हुन सकेको छैन । अहिले व्यवसायीहरु समस्यामा परेको अवस्था छ । सम्भावना भएका क्षेत्रमा सरकारले योजना बनाएर लगानीलाई संरक्षण गरेर पर्यटनलाई अघि बढाउनुपर्छ । पर्यटनलाई अघि बढाउन हबाइ उडानहरु बडाउनुपर्छ । हबाइ उडान बढाएर भैरहवा, पोखरालाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ । सरकारले १०–१५ ओटा हबाइ जहाज किनेर उडाउनुपर्छ र नउडाएसम्म पर्यटन प्रर्वद्धन हुने देखिँदैन ।’

उद्योगी पवन गोल्यानले नेपालमा पछिल्लो समय होमस्टेहरु बनिरहेपनि प्रचारप्रसारको अभाव देखिएको बताउनु भयो । उहाँकाअनुसार विदेशमा भएका धेरै नेपालीले आफ्ना सन्तानलाई नेपालका होमस्टेहरुमा ल्याएर बसाल्न चाहन्छन् तर उनीहरुलाई कहाँ कहाँ होमस्टे छ भन्ने थाहै छैन ।

उद्योगी गोल्यानले भन्नुभयो–‘म पछिल्लो ७–८ वर्षमा डाँडाकाडाँ हिँडे । होमस्टेहरु  बनिरहेका छन् । कसरी थाहा पाउने ? त्यो छ भन्ने धेरैलाई थाहै छैन । अनलाइन पोर्टल बनाएर हुन्छ की के गरेर हुन्छ, त्यसको प्रचारप्रसार हुनुपर्यो । हरेक ठाउँका लागि छुट्टाछुट्टै भएपनि हुन्छ, त्यसखालका पोर्टलहरु बनाइनुपर्छ । अहिले विदेशमा बस्ने नेपाली होमस्टेमा बस्न चाहन्छन् नेपाल आएर उनीहरुले आफ्ना बच्चालाई होमस्टेमा राख्न चाहन्छन् तर कहाँ कहाँ त्यस्तो होमस्टे छ भन्ने थाह छैन ।’
लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्टले आधारभुत पूर्वाधारको पर्याप्तता भएका क्षेत्रहरुमा पर्यटन प्रवद्र्धन सम्भव रहेको बताउनु भयो ।

उहाँकाअनुसार पर्यटक बढाउन बोर्डर, एयरपोर्ट, सडकहरु व्यवस्थित हुनुपर्छ । अहिले नेपालको धेरै क्षेत्रमा त्यो पुगिसकेकाले पर्यटन प्रवद्र्धन गर्न सम्भव रहेको उहाँको भनाइ छ ।