राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता एवं रास्वपाका तर्फबाट झापा ५ मा उम्मेदवार रहेका बालेन्द्र शाह आज झापा जाने कार्यक्रम तय भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि केही दिनको स्वास्थ्यलाभपछि उनी झापा ५ मा घरदैलो कार्यक्रममा सहभागी हुन झापा आउन लागेका हुन् ।
चुनावी कार्यक्रमका क्रममा अस्वस्थ भएका नेता शाह आज बेलुकीसम्म दमक पुग्ने कार्यक्रम रहेको छ ।
चुनावी दौडाहाका क्रममा सुर्खेतमा अस्वस्थ भएपछि उनले लुम्बिनी र पोखराका बाँकी कार्यक्रम स्थगित गरी काठमाडौँ फर्किएका थिए।
काठमाडौँमा दुई दिन उपचार गराएर घरमै आराम गरेका शाह पूर्ण रूपमा स्वस्थ भएको उनका सहयोगीले जानकारी दिएका छन्।
उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा पनि चुनावी प्रचारका क्रममा दमकमै रहेका छन् ।












