२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डको निजी पार्कमा भाइरस संक्रमणबाट ७२ वटा बाघ मरे



अ+ अ-

बैंकक/चियाङ माई : उत्तरी थाइल्यान्डस्थित एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया संक्रमणका कारण कम्तीमा ७२ वटा बाघको मृत्यु भएको छ।

चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मृत बाघमा गरिएको परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वासप्रश्वास प्रणालीमा असर गर्ने ब्याक्टेरियाको संक्रमण पुष्टि भएको हो।

राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनमुङक्लानोनले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार बाघमा देखिने स्वास्थ्य समस्या अन्य जनावरको तुलनामा ढिलो पहिचान हुने भएकाले परीक्षण गर्दा धेरै ढिलो भइसकेको थियो। त्यसैले संक्रमित बाघको ज्यान बचाउन नसकिएको उनले बताए।

पार्कको वेबसाइटमा उपलब्ध जानकारी उद्धृत गर्दै पशु अधिकारसम्बन्धी संस्था PETA Asia लाई उल्लेख गर्दै एएफपीले जनाएअनुसार बाघहरू समयमै परीक्षण र उचित उपचार नपाउँदा पीडा र त्रासका बीच मरेका थिए।

घटनापछि सम्बन्धित निकायले पार्कमा रहेका अन्य जनावरको स्वास्थ्य निगरानी बढाएको तथा संक्रमण नियन्त्रणका लागि आवश्यक कदम चालिएको जनाइएको छ।