२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : पाकिस्तानले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजको पहिलो सुपर ८ का खेलमा पाकिस्तानले न्युजील्यान्ड विरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

यो खेल नेपाली समय अनुसार अहिले साँझ ७.१५ बजे सुरु हुनेछ । यो खेल स्पिनरलाई मद्दत पुग्ने कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुँदैछ । त्यही कारण पनि पाकिस्तानले ब्याटिङ रोजेको हो ।

पछिल्ला पाँच टी–२० खेलमा न्युजील्यान्डले तीन वटामा जित र २ वटामा हार व्यहोरेको छ भने अस्थिर देखिने पाकिस्तानले चार खेलमा जित र एउटामा हार व्यहोरेको छ ।

न्युजिल्यान्ड र पाकिस्तानको प्लेइङ–११

न्युजिल्यान्ड:
टिम साइफर्ट (विकेट किपर), फिन एलेन, रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, ड्यारिल मिचेल, मिचेल सान्टनर (कप्तान), जिमी निसम, म्याट हेनरी, इश सोधी, लकी फर्ग्युसन

पाकिस्तान:
साहिबजादा फरहान, साइम अयुब, सलमान अली आगा (कप्तान), बाबर आजम, फखर जमान, शादाब खान, उस्मान खान (विकेट किपर), मोहम्मद नवाज, फहीम अशरफ, सलमान मिर्जा, उस्मान तारिक