२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः सुपर–८ मा आज श्रीलंका र इंग्ल्याण्ड भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप क्रिकेटको सुपर–८ चरणको दोस्रो खेलमा आज श्रीलंका र इंग्ल्याण्ड भिड्दैछन् । क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको ३ः१५ बजेबाट सुरु हुनेछ ।

समूह चरणमा दुवै टोलीले ३–३ खेल जितेका थिए भने १–१ खेलमा हार बेहोरेका थिए । श्रीलंकाले आयरल्याण्ड, ओमान र अष्ट्रेलियालाई हराएको थियो भने जिम्बाब्वेसँग पराजित भएको थियो । उता, इङ्ल्यान्डले पनि नेपाल, स्कटल्याण्ड र इटालीलाई हराएको थियो भने वेस्ट इन्डिजसँग हार बेहोरेको थियो।

हेड-टु-हेड

इङ्ल्यान्ड र श्रीलंकाबीच हालसम्म १७ टी–२० खेल भएका छन् जसमा इङ्ल्यान्डले १३ खेल जितेको छ भने श्रीलंकाले ४ खेल जितेको छ । विश्वकपमा पनि दुवै टोलीले एकअर्कासँग ६ वटा खेल खेलेका छन् जसमा इंग्ल्याण्डले पाँच खेल जितेको छ भने श्रीलंकाले एउटा मात्रै जितेको छ ।

श्रीलंकाका पथुम निसान्का उत्कृष्ट ब्याट्सम्यान

सन् २०२६ को टी–२० विश्वकपमा श्रीलंकाका तर्फबाट पाथुम निसान्काले सर्वाधिक रन बनाएका छन् । उनले ४ खेलमा १९९ रन बनाएका छन् । यस्तै,फास्ट बलर दुशन हेमन्त ६ विकेट लिएका छन् ।

इंग्ल्याण्डका ज्याकब बेथेल सर्वाधिक रन स्कोरर

जारी विश्वकपमा इंग्ल्याण्डका लागि ज्याकब बेथेलले सर्वाधिक रन बनाएका छन् । उनले ४ खेलमा १३४.९ को स्ट्राइक रेटमा १४३ रन बनाएका छन् । बलिङमा जोफ्रा आर्चरले ४ खेलमा ९.३१ को इकोनोमीमा ६ विकेट लिए ।

दुवै टोलीको सम्भावित प्लेइङ–११

श्रीलंकाः पाथुम निसान्का, कुसल परेरा, कुसल मेन्डिस, पवन रत्नायके, दासुन शानाका (कप्तान), कामिन्दु मेन्डिस, डुनिथ भेलेज, दुशन हेमन्थ, महिश टेकशाना, प्रमोद मदुशन, दिलशान मदुशंका।

इंग्ल्याण्डः फिल साल्ट, जोस बटलर (विकेटकीपर), ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक (कप्तान), साम कुरान, विल ज्याक, लियाम डसन, जेमी ओभरटन, जोफ्रा आर्चर, आदिल रशिद।