आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले टस जितेर इङल्यान्डलाई ब्याटिङको निम्तो दिएको छ ।
सुपर ८ को दोस्रो समूहमा रहेका श्रीलंका र इङल्यान्डको यो पहिलो खेल हो । यही समूहमा न्युजील्यान्ड र पाकिस्तान पनि रहेका छन् । गएराति यी दुई बिचको खेल वर्षाका कारण रद्द भएको थियो । दुबै टिमले एक एक अंक पाएका छन् ।
श्रीलंकाको पाल्लिकेल्लीमा ब्याटिङ सुरु गरेको इङल्यान्ड सुरुमै दबाबमा परेको छ । उसले दुई विकेट गुमाएर ७ ओभरमा ४५ रन जोडेको छ ।
इङल्यान्डका प्रारम्भिक ब्याटर जस बटलर ७ रन र ज्याकोब बेथेल ३ रन बनाएर आउट भएका छन् । जस बटलर टिमको स्कोर १६ हुँदा दुनिथ विलालागेको बलमा एलबिडब्लु आउट भएका थिए ।
अर्का ब्याटर बेथेल भने महीश थिक्सानाको बलमा मदुसन्काले क्याच आउट भएका थिए ।
अहिले क्रिजमा प्रारम्भिक ब्याटर फिल साल्ट ३० र टम ब्यान्टोन ५ रन बनाएर खेलिरहेका छन् ।
पछिल्लो स्कोर:
इङल्यान्ड: ४५/२ (७ ओभर)











