२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : आयोजक श्रीलंका इङल्यान्डसँग स्तब्ध



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेट अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा आयोजक श्रीलंका इङल्यान्डसँग ५१ रनले पराजित भएको छ ।

इङल्यान्डले जितका लागि दिएको १४७ रनको लक्ष पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भएको थियो । श्रीलंकाको पाल्लिकेली रंगशालामा भएको अपराह्नको खेलमा श्रीलंकाका लागि कप्तान दासुन शनाकाले सर्वाधिक ३० रन बनाएका थिए ।

बोर्डमा ३४ रहँदा श्रीलंकाका पाँच खेलाडी पभेलियन फर्किसकेका थिए ।

श्रीलंकालाई सस्तैमा आउट गर्नेक्रममा विल ज्याक्सले ३, जोफ्रा आर्चर, लियाम डसन र आदिल रसिदले समान दुई दुई तथा जेमी ओभरटनले १ विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङल्यान्डले समेत खराब सुरुआत गरेको थियो । यद्यपी, प्रारम्भिक ब्याटर फिल साल्टले ४० बलको सामना गर्दै सर्वाधिक ६२ रन बनाएका थिए ।

इङल्यान्डका लागि विल ज्याक्सले २१, कप्तान ह्यारी ब्रुकले १४ रन बनाएका थिए ।

यो जितका साथ इङल्यान्डले २ अंक बटुलेको छ । सुपर ८ को समूह दोस्रोमा इङल्यान्डसहित श्रीलंका, पाकिस्तान र न्युजील्यान्ड रहेका छन् । शनिबारको खेल वर्षाका कारण अबरुद्ध भएपछि पाकिस्तान र न्युजील्यान्डले एक एक अंक पाएका छन् ।

आजै ७.१५ बजे भारतको अहमदाबादमा भारत र दक्षिण अफ्रिका बिच खेल हुँदैछ ।