काठमाडौं । पोखराबाट काठमाडौं आइरहेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदी किनारमा खसेको छ ।
सोमबार मध्यराति करिब १: १५ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिकाकको चरौँदी नजिकै बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा अहिलेसम्म १७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घटनास्थलमै मध्यराति पुगेका स्थानीय पत्रकार पोषनाथ अधिकारीले १७ वटा शव भेटिएको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।
उहाँका अनुसार जिल्लाका तीनै सुरक्षा निकायसहित स्थानीयबासी उद्धारकार्यमा सक्रिय भएका छन्।












