काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले फागुन ११ गते (आज) देखि १३ गते (बुधबार) सम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भू–भागमा आंशिक बदलीसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
फागुन ११ गते (आज) तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशको हिमाली भू–भागमा सामान्य बदली रहने जनाइएको छ। पहाडी भू–भागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति भने तराईका थोरै स्थानमा तुँवालो लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली क्षेत्रमा पनि बदलीको प्रभाव देखिनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
फागुन १२ गते (मंगलबार) पनि तराईका केही स्थानमा बिहान हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागसहित अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। पहाडी भू–भागमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। राति तराईका केही स्थानमा तुँवालो लाग्नेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पुनः हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
फागुन १३ गते (बुधबार) तराईका केही स्थानमा बिहान हुस्सु लाग्नेछ। गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र अन्य प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराईमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। राति तराईका थोरै स्थानमा तुँवालो लाग्नेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।












