१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण



अ+ अ-

कास्की। आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कास्कीमा चुनावको तयारीका कामलाईसमेत प्राथमिकताका साथ अघि बढाइएको छ ।

प्रदेश निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन लगायतका निकायहरुले चुनावलाई प्राथमिकतामा राखेर तयारीका कामलाई तीव्रता दिएका हुन् । प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि दुई हजार १९० जना कर्मचारी खटाइने भएको छ ।

यसैगरी जिल्लामा मतपत्रसहित ५२ प्रकारका निर्वाचन सामग्री प्राप्त भएको र ती सामग्री छुट्टाएर राखिसकिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । त्यसैगरी कर्मचारी खटनपटन अन्तिम चरणमा पुगेको र तीन वटै क्षेत्रमा खटिने कर्मचारीको नामावली सार्वजनिक गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

“हामीले निर्वाचनको तयारीका कामलाई अन्तिम रुप दिदैँछौँ । मतपत्र लगायतका सबै सामग्री प्राप्त भएका छन्, मतदानस्थलमा खटिने कर्मचारीको नामावली प्रकाशित गरिएको छ । सोमबारदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि तालिम सुरु हुन्छ ।”

सूचना अधिकारी न्यौपानेले भन्नुभयो,“निर्वाचन कार्यालयले तीन समूहमा गरेर सो तालिम सञ्चालन हुने जनाएको छ ।”निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिका अनुसार ५०० भन्दा कम मतदाता भएको मतदान केन्द्रमा पाँचजना कर्मचारी रहनेछन् । जसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् ।

कास्कीमा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र रहेका छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्र गरी कूल ३६५ मतदान केन्द्रमा दुई हजार १९० कर्मचारी खटिनेछन् । यसैगरी मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ ।

निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ । यसैगरी मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् । जिल्लाका ७२ वटै वडामा फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

“मत बदर हुन नदिनका लागि जिल्लामा प्रभावकारी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्य फागुन १७ गतेसम्म जारी रहन्छ । विगतका निर्वाचनलाई हेरेर यस पटक मत बदर हुन नदिनका लागि मतदाता शिक्षामा जोड दिएका छौँ ।”

न्यौपानेले भन्नुभयो । जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन । यसैगरी मतदाता सङ्ख्या तीन लाख आठ हजार ५७२ जना रहेको छ । –––