२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ शैक्षिक सत्रका लागि एक अर्बको पाठ्यपुस्तक



अ+ अ-

काठमाडौं। नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक छपाइको कामलाई तीव्रता दिएको छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र केही निजी छापाखानाले लिँदै आएका छन् । सोअनुरूप लक्ष्य चुम्न दैनिक १ लाख थान पाठ्यपुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ । केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि २ करोड ११ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्य लिएको छ । सोअनुरूप हालसम्म १ करोड ११ लाख थान पाठ्यपुस्तक छपाइको काम सकिएको छ ।

कक्षा २, ३, ४, ५, ९ र १० का पाठ्यपुस्तक छापिसकिएको केन्द्रले जनाएको छ । हाल कक्षा ६, ७ र ८ को पाठ्यपुस्तक छाप्ने काम भइरहेको छ । त्यसका लागि २ सय ५० कर्मचारी खटिएका छन् । पाठ्यपुस्तक छाप्न १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कक्षा १ को पाठ्यपुस्तक भने केही समयपछि छापिने केन्द्रले जनाएको छ । कक्षा २ देखि १० सम्मका लागि आवश्यक २ करोड ११ लाख थान पाठ्यपुस्तकमध्ये १ करोड ११ लाख थान छापिएको छ । ती पाठ्यपुस्तक वितरणका लागि तयारी अवस्थामा राखिएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार कक्षा २ देखि ५ सम्म र कक्षा ९, १० का १ करोड ११ लाख थान पाठ्यपुस्तक छापिएको छ । केन्द्रका प्रवक्ता चित्र आचार्यका अनुसार हाल कक्षा ६ देखि ८ सम्म पाठ्यपुस्तक छपाइको काम जारी छ । कक्षा १ देखि १० सम्म नेपाली, सामाजिक, अंग्रेजी, नैतिक शिक्षा, पेसा, स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, गणित, विज्ञानलगायत १२५ वटा पाठ्यपुस्तक लागू भएका छन् । नयाँ शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव हुन नदिने गरी छपाइको काम तीव्र रूपमा अघि बढाइएको केन्द्रका प्रवक्ता आचार्यले बताए ।

हरेक वर्षको कात्तिकभित्र कुल छापिनुपर्ने पाठ्यपुस्तकको ५० प्रतिशत माघ मसान्तभित्र मुद्रण गरी सम्बन्धित निकायमा पठाइसक्नुपर्ने विद्यालय पाठ्यपुस्तक तथा पाठ्यसामग्री मुद्रण तथा वितरण निर्देशिका २०६७ मा उल्लेख छ । निर्देशिकामा विद्यार्थीलाई नयाँ शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र नयाँ पाठ्यपुस्तक सेटमा उपलब्ध गराउने उल्लेख छ ।

कक्षा १, २, ३, ४ र ५ को पाठ्यपुस्तक छाप्ने काम निजी छापाखानाले जिम्मा लिएका छन् । यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार केन्द्रमै पुगी स्थलगत निरीक्षण गरेका छन् । सो क्रममा उनले विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुर्याउने वातावरण सिर्जना गर्न केन्द्रलाई निर्देशनसमेत दिएका थिए । राजधानी दैनिकबाट