२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको निर्देशनः हरेक बुथ सुरक्षाका लागि ३० जनाको भोलेन्टियर्स फोर्स बनाउनू



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बुथको सुरक्षा लागि कम्तिमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमवार झापामा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय भेलामा बोल्दै उनले आसन्न निर्वाचनलाई ध्यानमा राखेर हरेक बुथको सुरक्षाका लागि पार्टीको तर्फबाट स्वयंसेवक परिचालन गर्नुपर्ने भएकाले त्यसको तयारी गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।

अध्यक्ष ओलीले निर्वाचनमा मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समितिहरू बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई अपिल गरे । उनले स्थानीय तहमा निर्माण गरिएको भोटेन्टियर्स फोर्सहरूले पार्टीको निर्णय र निर्देशन अनुसार काम गर्ने भएकाले उनीहरूलाई सोही अनुसार परिचालन हुने वातावरण बनाउनुपर्ने पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले देशको सुरक्षाका लागि सुरक्षा निकायलाई सहयोग गर्न पार्टीले भोलेन्टियर्स फोर्स निर्माण गर्नुपरेको समेत बताए ।