२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर–१ मा उदयशमशेरलाई जिताउन उपसभापति भुषालको अपिल, इमान्दार नेतृत्वले मात्रै विकास सम्भव हुने दाबी



अ+ अ-

ललितपुर । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषालले ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदयशमशेर राणाको व्यक्तित्वमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी गरेकी छिन् ।

नमूना महिला सञ्जाल गोदावरी नगरपालिकाले आयोजना गरेको निर्वाचन लक्षित विशाल महिला भेलालाई सम्बोधन गर्दै उपसभापति भुषालले राणा कुनै दाग नलागेको, भ्रष्टाचार विरोधी र अत्यन्तै इमान्दार नेता भएको बताइन् । उनले उदयशमशेर राणाको नेतृत्व र निष्ठामाथि कसैले औँला ठड्याउन नसक्ने कुरामा जोड दिँदै उनको विजय नै क्षेत्रको विकासको आधार भएको बताइन् ।

​सम्बोधनका क्रममा भुषालले कांग्रेस अब पूर्ण रूपमा बदलिएर नयाँ परिवेशमा आएको र यो देशको नेतृत्व अब पार्टी सभापति गगनकुमार थापाले गर्ने ठोकुवा गरिन् ।

विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको बताउँदै उनले राष्ट्रको समृद्धिको स्पष्ट मार्गचित्र पार्टीको घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिइन् । बिना एजेन्डा केवल भ्रम छर्न चुनावमा आउनेहरूलाई जनताले यसपटक मत नदिने उनको दाबी छ ।

​राष्ट्रको मुहार फेर्ने संकल्प कांग्रेसले लिएको बताउँदै उनले कांग्रेसलाई देशको सबैभन्दा ठूलो पार्टी बनाउन र चुनावी नतिजा आफ्नो पक्षमा पार्न अहोरात्र खटिन देशभरका र विशेष गरी गोदावरी क्षेत्रका नेपाली महिलाहरूलाई विशेष आह्वानसमेत गरिन् ।

उदय शमशेर राणा जस्ता इमान्दार र क्षमतावान् नेतालाई जिताउनु नै ललितपुर क्षेत्र नं. १ को समग्र विकास, सुशासन र नागरिकको भविष्यको ग्यारेन्टी भएको उनको तर्क छ ।