२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्बाको उपचारका लागि एन्फाका पूर्वअध्यक्ष थापाको पहल, ५० हजार सहयोग घोषणा



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचारका विषयमा चिन्ता व्यक्त गर्दै व्यक्तिगत रूपमा आर्थिक सहयोग घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले साम्बाको पछिल्लो अवस्थाले आफूलाई भावुक बनाएको उल्लेख गरेका छन्। एन्फाले उपचारको पहल नगरे पनि साम्बाको उपचार गराएर पुनः खेलमैदानमा फर्काउने प्रतिबद्धता व्यक्त गर्दै उनले तत्कालका लागि ५० हजार रुपैयाँ व्यक्तिगत सहयोग गर्ने घोषणा गरेका हुन्।

थापाका अनुसार करिब एक साताअघि साम्बाले एन्फाले उपचार गर्न नसक्ने जानकारी दिएपछि उनले व्यक्तिगत पहल सुरु गरेका थिए। उनले परराष्ट्रमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाई साम्बाको उपचारका लागि अनुरोधपत्रसहित पहल गर्न आग्रह गरेको बताए।

थापाकाअनुसार परराष्ट्रमन्त्रीले कतारका महामहिमलाई आफ्नै कार्यकक्षमा बोलाएर साम्बाको उपचारका लागि लिखित अनुरोधसमेत गरिसकेको बताएका छन्। यसबारे परराष्ट्रमन्त्रीले आफूलाई फोनमार्फत जानकारी गराएको थापाको भनाइ छ। उनले परराष्ट्रमन्त्रीप्रति आभार व्यक्त गर्दै उक्त पहलबाट उपचारमा सहयोग पुग्ने आशा व्यक्त गरेका छन्।

यसैबिच, एन्फाले अहिलेसम्म उपचारका विषयमा ठोस पहल नगरेकोप्रति थापाले आश्चर्य व्यक्त गरेका छन्। साम्बाको स्वास्थ्य उपचारमा राज्य र सम्बन्धित निकायको सक्रियता आवश्यक रहेको भन्दै उनले सबै खेलप्रेमीलाई साथ दिन आह्वान गरेका छन्।




भर्खरै