१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा फोहर व्यवस्थापन केन्द्र बनाइने



अ+ अ-

पाल्पा।  पाल्पामा फोहर व्यवस्थापन केन्द्र बनाइने भएको छ ।

लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तरराष्ट्रिय लायन्स क्लबको आर्थिक सहयोगमा पाल्पा अस्पताल विकास समितिसँगको समन्वयमा फोहर व्यवस्थापन केन्द्र बनाइने भएको हो ।

लायन्स क्लबका प्रतिनिधि र अस्पताल व्यवस्थापन समितिबीच अस्पतालमा भएको छलफलपछि सो कार्यका लागि फोहर व्यवस्थापन तथा वातावरणीय सुरक्षा परियोजना सञ्चालन गरिने टुङ्गो लागेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्मचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख अमेरिकी डलर लागतमा अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्र बनाउने सहमति भएको छ ।

अस्पतालबाट दैनिक उत्पादन हुने फोहरमा सुई, रगत लतपतिएका कपडाबाट अस्पतालमा आउने बिरामी, कुरुवा र अस्पताल वरपरका बासिन्दालाई समेत जोखिम हुने भएकाले परियोजनामार्फत अस्पतालको फोहरलाई वैज्ञानिक ढङ्गले निरुत्साहित र विसर्जन गर्न लागिएको लायन्स क्लबका पूर्वअध्यक्ष एवं डिष्ट्रिक सिनियर एडभाइजर प्रदीपकुमार उदयले बताउनुभयो ।

परियोजनाको कूल लागतमध्ये ७५ प्रतिशत रकम ७५ हजार डलर अन्तरराष्ट्रिय लायन्स क्लबले बेहोर्नेछ भने बाँकी २५ प्रतिशत रकम पाल्पा अस्पतालले ‘म्याचिङ फण्ड’ का रूपमा उपलब्ध गराउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

अस्पताल प्रशासन तथा विकास समितिले जिल्लाका १४ वटा लायन्स क्लबहरूसँग गरेको छलफलमा लायन्सकर्मीहरूले अस्पतालको पूर्वाधार विकासमा ठूलो लगानी गर्न तयार रहेको बताएका छन् । रासस