१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिला मध्यमापरिक्रमा सामाजिक एकताको प्रतीक हो: मुख्यमन्त्री यादव



फाइल फोटो
अ+ अ-

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मिथिला मध्यमा परिक्रमाले मिथिलाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई थप सुदृढ बनाएको बताउनुभएको छ ।

आज मिथिला मध्यमा परिक्रमाका क्रममा महोत्तरीस्थित कञ्चनवन बासामा आयोजित अध्यात्मिक होली विशेष उत्सवमा उहाँले मिथिला मध्यमा परिक्रमा केवल धार्मिक यात्रामात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक रहेको बताउनुभयो ।

मुख्यमन्त्री यादवले होली पर्वलाई आध्यात्मिक दृष्टिकोणबाट मनाउने परम्पराले समाजमा सकारात्मक ऊर्जा र नैतिक मूल्य मान्यताको प्रवर्द्धन गर्ने धारणा राख्नुभयो । मिथिला क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री यादवले परिक्रमामा सहभागी साधुसन्त, श्रद्धालु तथा स्थानीयवासीको सक्रिय सहभागिताले प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न धार्मिक अगुवा, स्थानीय जनप्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । रासस