२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालकै कर्मचारीले विरामीहरुलाई नीजि अस्पताल पठाउने: मन्त्री ढकाल



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको पाइएको बताउनुभएको छ ।

कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा विरामी नीजि अस्पताल पठाउने गरेको पाइएको बताउनुभएको हो । आस्थाको केन्द्र अस्पताल भएपनि आफै विरामी भयो भने विरामीहरुको हालत स्वभाविक रुपमा निको नहुने भन्दै ढकालले उपचारका लागि सरकारी अस्पतालमा आउने विरामीलाई नीजिमा पठाउने गरिएको बताउनुभयो । ‘धेरै अस्पतालमा विरामीहरु सुरुमा सरकारीमा आउँछन् । बिचको अवधिमा काजमा बाहिर जान्छन् । फेरी सरकारी अस्पतालमै आउँछन भन्ने कुरा सुनेको छु’, उहाँले भन्नुभयो, ‘जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट अर्को ठाउँमा पुर्याए बाफत कमिसन लिन्छन र विरामी त्यही थला पर्छ । अन्तिममा फेरी बिरामी पार नलागेपछि सरकारी अस्पतालमै काज फिर्ता गराउँछन् ।’

मन्त्री ढकालले चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गर्न सकेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताउनुभयो । नीजि क्लिनिकहरुको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले बताउनुभयो ।

उहाँले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

मन्त्री ढकालले आफ्नो कार्यकालमा मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा एक सदस्यबाहेक सबैमा पदपूर्ति गरेको बताउनुभयो । कर्मचारी समायोजन र केही संरचनागत कुराहरु पुरा गर्नुपर्ने दायित्व आफ्नो रहेको बताउँदै मन्त्री ढकालले सबै पक्षबाट सहयोगको अपेक्षा समेत गर्नुभयो ।