२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली–५ मा नाउपा नेपालका उम्मेदवार रास्वपा प्रवेश



अ+ अ-

कैलाली । कैलाली–५ मा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट उम्मेदवार बनेका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

रास्वपाका उम्मेदवार आनन्द चन्दको एजेन्डासँग आफ्नो एजेन्डा मिलेको भन्दै चौधरीले उम्मेदवारी स्थगित गरेका हुन् ।

परिवर्तनका लागि एक ठाउँमा उभिनपर्ने बताउदै उनले भने, “मेरो एजेन्डा सुशासन, समावेशिता र विकास थियो। जुन रास्वपाका उम्मेदवारको पनि रहेको छ। परिवर्तनका लागि हामी एक ठाउँमा आउन आवश्यक ठानेर मैले आफ्नो उम्मेदवारी स्थगित गरेको हुँ।”

चौधरीलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेता हरि रेग्मी, जशु भट्ट तथा उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका थिए।