काठमाडाैँ । निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरूको लहर बढेको छ । यसै क्रममा झापाको क्षेत्र नं. ५ स्थित दमक ४ बाट ३ सय ५० जना भन्दा बढि एमालेमा प्रवेशमा प्रवेश गरेका छन् ।
बुधबार धरधरे टोलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सहित विभिन्न दल परित्याग गरि उनीहरू एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरूलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।
विगतमा समेत नेकपा एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यो क्षेत्रको विकास भएको र आगामी दिनमा पनि उनी बाहेक अरुले विकासको अगुवाई गर्ने नसक्ने ठहर गरि एमालेमा प्रवेश गरेको उनीहरूले बताए ।
यस अघि समेत रास्वपाका क्षेत्रिय नेताहरूसहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गरि सकेका छन् । आगामी फागुन २१ को प्रतिनिधी सभा निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली उम्मेद्वार रहेका छन् ।











