२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग्रदो मौसम, आजदेखि वर्षा र हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । मुलुकको पश्चिमी क्षेत्रबाट निम्न चापीय प्रणाली प्रवेश गरेकाले मौसम बदली हुने पूर्वानुमान गरिएको हो । सोमबार अपराह्नदेखि पश्चिम नेपालमा प्रवेश गरेको पश्चिमी निम्न चापीय वायु प्रणाली शुक्रबारसम्म नेपालमा नै सक्रिय रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पूर्वी नेपालबाट वायु बाहिरिने अनुमान गरिएको छ । देशैभरिको मौसम प्रभावित हुने भएकाले न्यानो कपडा लगाउन र चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी निम्न चापीय वायुको प्रणाली सोमबार दिउँसोबाट सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेकाले दिपायल, डडेल्धुरा, धनगढी र वीरेन्द्रनगरमा छिटपुट वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । ‘पश्चिमी निम्न चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ,’ मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ, ‘यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानमा बदली रही उच्च हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात तथा पहाडी र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

महाशाखाका अनुसार यो प्रणाली शुक्रबारसम्म नै रहनेछ । बिहीबार र शुक्रबार देशभर सामान्य बदली रही उच्च हिमाली भूभागमा हिमपात हुन सक्ने तथा केही स्थानमा वर्षा हुने भएकाले सतर्क रहन महशाखाले अनुरोध गरेको छ । शनिबारबाट भने मौसममा सुधार देखिनेछ ।
मनसुनी वर्षापछि भएको यस प्रकारको वर्षालाई हिउँदे वर्षाका रूपमा लिइन्छ । हिउँदे वर्षाले कृषिमा सहयोग पुर्याउन कृषकको भनाइ छ । विगतमा कम वर्षा हुने र यस वर्ष हिउँद लागेपछि मात्रै तेस्रोपटक पश्चिमी वायु प्रणाली सक्रिय भएको हो ।

यसैबीच काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एकै दिन झन्डै ३ डिग्री सेल्सियस घटेको छ । आइतबार चार दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएको काठमाडौंको न्यूनतम तापक्रम सोमबार एक दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो । आइतबार र सोमबार घाम लागे पनि उपत्यकाको अधिकतम तापक्रम भने तीन दशमलव ५ डिग्री सेल्सियस बढेको महाशाखाले जनाएको छ । राजधनी दैनिकबाट