२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनभित्रै भएका कोरोना सङ्क्रमितहरुको संख्या बढ्दै



अ+ अ-

बेइजिङ । चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

ती सङ्क्रमतिहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएका बताइएको छ । तीमध्ये धेरैजसो स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै १५ जना मात्र सङ्क्रमितहरु बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो ।चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ सङ्क्रमित भेटिने क्रम बढ्दै गएको छ ।

यहाँका स्थानीय नागरिकहरुमा नै सङ्क्रमण बढेको पाइएकाले चीन पनि पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको हो । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीब्रता दिएको जनाएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ । (रासस-सिन्हवा)