२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पानियोलसँग बार्सिलोनाको बराबरी



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा शनिबार राति भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।बार्सिलोनाले स्पानियोलसंग २–२ को बराबरीमा खेल सकाएको हो । खेलको २३ औँ मिनेटमा डभिड लोपेजले गोल गर्दै घरेलु टोली स्पानियोललाई अग्रता दिलाएका थिए । तर ५० औ मिनेटमा लुईस स्वारेजले खेल बराबरीमा ल्याए । अर्टुरो भिडालले ५९ औ मिनेटमा बार्सिलोनालाई अघि बढाएका थिए ।

फ्रेन्की डी जोङ ७५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो । लिग तालिकाको पुछारमा रहेको स्पानियोलसंग बराबरी खेल्नु पर्दा बार्सिलोनाले अंक बाँड्नु परेको हो । खेल सकिन दुई मिनेट अघि चीनियाँ खेलाडी उ लिले गोल गर्दै घरेलु टोलीलाई अंक दिलाउन सफल रहे ।

बार्सिलोनाविरुद्व गोल गर्ने उनी पहिलो चिनियाँ खेलाडी बने । अंक जोड्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोना र रियलको समान ४० अंक छ । बार्सिलोना गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो ।