२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको स्टीङमा परे १ सय ६५ जना सरकारी कर्मचारी



अ+ अ-

काठमाडौं । संघीय सरकारका विभिन्न निकायमा पनि सेवा प्रवाह गर्दा घुस असुल्ने प्रवृत्तिमा कमी आउन सकेको छैन । सेवा प्रवाहका नाममा सरकारी कार्यालयका कर्मचारीले सर्वसाधारणसँग घुस असुल्ने क्रम अहिले पनि यथावत् रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले गरेको अध्ययनअनुसार संघीय सरकारअन्तर्गत रहेका विभिन्न सरकारी कार्यालय भ्रष्टाचारको उच्च जोखिममा रहेका छन् । ती कार्यालयमा कर्मचारीले खुलेयाम घुस असुली गर्दा अख्तियारको स्टिङ अप्रेसनको फन्दामा समेत पर्दै आइरहेका छन् ।

चालू आर्थिक वर्षको ६ महिनामा मात्रै अख्तियारले संघीय सरकारका विभिन्न कार्यालयमा गरेको स्टिङ अप्रेसनमा १ सय ६५ जना कर्मचारी पक्राउ परेका थिए । पक्राउ पर्नेमा भने खरिदार र सुव्वा स्तरका कर्मचारी बढि छन् । ठुला तहका कर्मचारलाई स्टीङले छुन सकेको छैन् । अख्तियारको सर्वेक्षणअनुसार मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक राजस्व कार्यालय, खानेपानी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालयमा अहिले पनि सेवा लिने क्रममा सर्वसाधारणले घुस खुवाउनु पर्ने बाध्यता छ ।

यसैगरी, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय, भूमिसुधार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा सडक कार्यालयसमेत भ्रष्टाचारको उच्च सम्भावना भएका संवेदनशील क्षेत्रको रूपमा रहेको अख्तियारको अध्ययनले देखाएको छ । ती कार्यालयमा सेवाग्राहीले अतिरिक्त पैसा नदिई काम नै नहुने गरेको अख्तियारको सर्वेक्षणले देखाएको छ ।
अख्तियारका अधिकारीका अनुसार केन्द्रीय सरकारका कतिपय कार्यालयमा घुसका आधारमा काम हुने हुँदा सेवाग्राही हैरान हुने गरेका छन् ।

विचौलिया हावी हुँदा पनि सेवाग्राही घुस खुवाउन बाध्य छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक वर्षअघि मात्रै सबै सरकारी कार्यालयलाई सर्कुलर गर्दै सबै कर्मचारीले कार्यालयमा प्रवेश गर्नेबित्तिकै घुस नखाने प्रतिबद्धता गर्नुपर्ने निर्देशन दिएको थियो तर सो निर्देशनको पालना कुनै पनि कर्मचारीले गरेनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि सो निर्देशन पालना भए नभएको अनुगमन गर्न सकेको छैन । राजधानी दैनिकबाट