२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा पाँचाैँ ‘एपिक्याट’ हुँदै



अ+ अ-

काठमाडौं । ‘एसिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एन्ड नन् कम्युनिकेवल डिजिज’ (एपी क्याट) को पाँचौ सम्मेलन हुने भएको छ । सूर्तिजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्ध एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह ‘एसिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एण्ड नन् कम्युनिकेवल डिजिज’ (एपी क्याट) को पाँचौ शिखर सम्मेलन आगामी १६ देखि १८ मंसिर ९१ देखि ३ डिसेम्बर २०२०० मा चितवनको भरतपुरमा हुने भएको हो ।

भरतपुर महानगरपालिकाको आयोजनामा हुने उक्त सम्मेलनमा १ सय ५० बढी विदेशी सहित ३ सय बढीको सहभागिता हुने बताइएको छ । सम्मेलनको मिति घोषणा गर्नुअघि आइतबार महानगरपालिकामा सर्वपक्षीय बैठक बसेको थियो । मेयर रेणु दाहालको अध्यक्षतामा बसेको बैठकले मिति घोषणासँगै महानगरलाई सूर्तिजन्य पदार्थ मुक्त बनाउने अभियानलाई समेत संगसंगै अघि बढाउने निर्णय गरेको थियो । यसअघि पाँचौ सम्मेलन नेपालको भरतपुरमा गर्ने निर्णय गत असोजमा इन्डोनेसियाको बोगर सिटीमा सम्पन्न एपीक्याटको चौथो सम्मेलनले गरेको थियो ।

यद्धपी मिति तय भएको थिएन । आइतबारको बैठकमा बोल्दै भरतपुर महानगरपालिकाका मेयर दाहालले पाँचौ एपी क्याट सम्मेलन भरतपुरले आयोजना गर्नु पाउनु ठूलो अवसर भएको बताइन् । उनले सम्मेलन सफल बनाई भरतपुरलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको बताइन ।उनले नेपाल भ्रमण वर्ष २०२० मा भरतपुरले सूर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी सिटिज अलायन्सको सम्मेलन गर्न पाउनु ठूलो अवसर भएको बताइन् । उक्त कार्यक्रमका लागि महानगरले गर्नुपर्ने कार्यक्रमका लागि तयार भएको उनको भनाइ छ । उनले भनिन्, ‘भरतपुरलाई स्मोक फ्री सिटी बनाउने यो एउटा ठूलो अवसर हुनेछ ।

यसका लागि सबैको साथको आवश्यकता चाहिन्छ ।’ उनले भरतपुरलाई स्कोक फ्री बनाउन कुनै कसर बाँकी नराख्नेमा पनि जोड दिएकी थिइन् । बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नतिजा आउने गरि एक वर्षमा महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा काम गर्ने कार्यक्रम अगाडि बढाउने बताए । चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले सूरक्षाका दृष्टिले सम्मेलन गर्न कुनै समस्या नभएको जानकारी दिए । द युनियन एसिया प्रसान्त क्षेत्रका उपमहानिर्देशक डा. तारासिंह बमले बढ्दो क्रममा रहेको नसर्ने रोगको जोखिम कम गर्न र नागरिक स्वस्थ बनाउने अभियानमा भरतपुर महानगरपालिकाको राम्रो प्रयास भएको भन्दै खुशी व्यक्त गरे ।

उनले एपीक्याटको सम्मेलनबाट बिभिन्न देशका नगरहरुका मेयरहरुबीच सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने अभियानका लागि अनुभव आदानप्रदान हुने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुस्करराज नेपाल र एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले एपीक्याट सम्मेलनको पूर्व तयारीका विषयमा जोड दिए । एपीक्याटमा नेपाल सहित भारत, बंगलादेश, फिलिपिन्स, सिंगापुर, कम्बोडिया, मलेसिया, भियतनाम, इन्डोनेसिया, म्यानमार, लाओस, लगायत १२ देशका ४० वटा नगरहरु सदस्य छन् । सौर्य दैनिकबाट