२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा एक महिनासम्म सचेतनामूलक कार्यक्रम



अ+ अ-

काठमाडौं। २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा देशभर एक महिने सचेतनामूलक कार्यक्रम सञ्चालन हुने भएको छ । आइतबार गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको राष्ट्रिय भूकम्प दिवस २०७६ मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरूको आदानप्रदान गर्दै नयाँ प्रविधि र उपायहरूको प्रभावकारी कार्यन्वयनका लागि प्रतिबद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष २ माघलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । बैठकमा गृहमन्त्री थापाले देशमा संघीयता कार्यान्वयन भइसकेको अवस्थामा देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीसम्बन्धी देशव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनै तहका सरकारमार्फत केन्द्र, जिल्ला, सबै स्थानीय तहमा सम्बन्धित विपद् व्यवस्थापन समितिको अग्ररसरतामा यो दिवस मनाउन लागिएको बताए ।

विगत एक वर्षको अवधिमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा मुलुकले नीतिगत तथा कार्यक्रमगत तहमा गरेको प्रगतिको समीक्षा गरेर आगामी कार्यक्रम ठोस रूपमा तय गरिनुपर्नेमा उनले जोड दिए । गृह सचिव प्रेमकुमार राईले यससम्बन्धी नीति निर्माण, कार्ययोजना तर्जुमा तथा कार्यान्वयन गर्ने अधिकार संघ, प्रदेश तथा स्थानीय सरकार सबैको भएकाले तीनवटै तहका सरकारको सहभागितामा यो दिवस मनाउने तयारी भएको जानकारी गराए । प्रदेश र स्थानीय तहका कार्यक्रम समेटेर २३ पुसभित्र कार्यक्रमलाई अन्तिम रूप दिइने उनले बताए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एक महिनाभरि आयोजना हुने २५ वटा कार्यक्रमसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंवासी धेरैले पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम पाउन नसकेको भन्दै भूकम्पबाट समस्यामा परेका तर सरकारबाट लाभ लिन नसकेकालाई प्याकेजमा राहत दिने खालका कार्यक्रम सरकारले घोषणा गर्नुपर्ने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा लैजानुपर्ने बताए । यो वर्षको मूल समारोह भक्तपुर नगरपालिकाले आयोजना गर्नेछ । बैठकमा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले विगतमा चलाइएका कार्यक्रममा केही थप गरेर मूल समारोहलाई व्यवस्थित गरिने जानकारी गराएका थिए ।

२ माघमा काठमाडौं महानगरले नयाँ सडकस्थित भूकम्प स्मृति पार्कमा १९९० तथा त्यसपछिको भूकम्पले मृत्यु भएका मानिसहरूको सम्झनामा स्मृतिसभासहितका विभिन्न कार्यक्रम आयोजना हुनेछन् । राजधानी दैनिकबाट