२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्याँस सिलिन्डरमा हेलचेक्र्याँइ: गुणस्तरहीन सिलिन्डर समेत बेच्दै



अ+ अ-

काठमाडौं । ग्याँस उद्योगीहरूले गुणस्तरहीन सिलिन्डर समेत प्रयोग गर्ने गरेको खुलेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न ६ वटा ग्याँस उद्योगमा आइतबार गरेको अनुगमनमा गुणस्तरहीन सिलिन्डर प्रयोग गरेको भेटेको हो ।

अनुगमनका क्रममा कैफियत भेटिएको काठमाडौंका एभरेस्ट ग्याँस उद्योग, धादिङका श्रीकृष्ण, क्याबसन्स र त्रिवेणी ग्याँस उद्योग तथा चितवका भानु र साईबाबा ग्याँस उद्योगसँग विभागले स्पष्टीकरण माग गरेको छ । नेपाल गुणस्तर (प्रमाण चिन्ह) नियमावली २०४० को नियम १५ अनुसार ती उद्योगसँग १५ दिने स्पष्टीकरण सोधिएको विभागका निर्देशक सञ्जिवकुमार ठाकुरले जानकारी दिए ।

बजार अनुगमनका क्रममा सिलिन्डरको हाइड्रोलिक परीक्षण नगरिएको, सफाई तथा सुख्खा नगरिएको तथा खाली सिलिन्डरको तौल नलिएको पाइएको विभागले जनाएको छ । यस्तै, भल्भ मर्मत नगरिएको, चुहावट भएको सिलिन्डर नहटाएको लगायत पाइएको थियो । तोकिएको समयसम्म स्पष्टीकरण पेश नगरे ती उद्योगले थप कानुनी कारवाही भोग्नुपर्ने विभागले जनाएको छ । सौर्य दैनिकबाट