२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ नम्बर प्रदेशको नाम र केन्द्रको लाग्यो टुंगो



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र केन्द्र टुंगो लगाएको छ ।

आइतबार बसेको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौडा नै राख्ने निर्णय गरेको हो । वरिष्ठ नेता झलनाथ खनालले छोटो समयका लागि बसेको बैठकले प्रदेशको नाम र केन्द्रको विषयमा निर्णय गरेको बताउनुभयो । सबै पक्षहरुलाई ध्यानमा राख्दै साझा नामाकरण गर्न आवश्यक रहेकाले प्रदेशको नाम बाग्मती राख्ने र केन्द्र तत्कालका लागि हेटौडा नै कायम गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।

बैठकमा सभामुख चयन र राष्ट्रिय सभा निर्वाचनको विषयले भने प्रवेश नै पाएन् । नेकपाका महासचिव विष्णु पौडेलले समय अभावका कारण बैठकमा सभामुख चयन र राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल हुन नसकेको बताउनुभयो । उहाँले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशनको बारेमा स्थायी कमिटिको निर्णय बमोजिम नै हुने बताउनुभयो ।

पुस ४ गतेबाट हिँउदे अधिवेशन सुरु भएपनि सभामुख चयनको प्रकृया अगाडी बढ्न सकेको छैन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा यौंन दुव्र्यवहारको आरोप लागेपछि पूर्पक्षका लागि थुनामा छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना हिउँदे अधिवेशनबाट पारित गराउने बताउँदै आएपनि पार्टीको स्थायी कमिटी बैठकमा यसको विरोध भएको थियो । स्थायी कमिटीले एमसीसीका विषयमा आवश्यक निर्णय गर्ने जिम्मा सचिवालयलाई नै दिएको थियो ।