२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीहरुद्वारा एमबिबिएस दोस्रो वर्षको परीक्षा बहिष्कार



अ+ अ-

चितवन मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस दोस्रो वर्षको परीक्षा बहिष्कार गरेका छन् । कलेज प्रशासनले आन्दोलनरत सबै विषय र वर्षका विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगरेपछि विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन् । शुक्रबारबाट सुरु भएको परीक्षा बहिष्कार गरेको चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत विद्यार्थी मान्यता थापाले बताइन् । उनले अरू वर्षका विद्यार्थीले समेत परीक्षा बहिष्कार गर्ने तयारी रहेको जानकारी दिइन् ।

विद्यार्थीहरू गत मंसिरमा सञ्चालन भएको एमबिबिएस पहिलो वर्षको परीक्षामा समेत सहभागी भएनन् । २१ पुसबाट सञ्चालन हुने नर्सिङ तेस्रो वर्षको परीक्षासमेत बहिष्कार गर्ने विद्यार्थीको तयारी छ । ‘सिएमसीमा आठ संकायका विद्यार्थीले आन्दोलन गरेका छन् । एमबिबिएस र बिडिएस विद्यार्थीको दुई वर्षको अतिरिक्त शुल्क मिलाएर मात्र आन्दोलन रोक्न सकिँदैन,’ थापाले भनिन् ।

बिडिएस तेस्रो वर्षका विद्यार्थी छिने लामाले आफूहरूले पनि परीक्षा बहिष्कार गर्ने बताए । ०७२/०७३ र ०७३/०७४ मा भर्ना भएका विद्यार्थीका बारेमा निर्णय गर्न चिकित्सा शिक्षा आयोगलाई जिम्मा दिनु र बिडिएसका आन्तरिक माग कलेजले पूरा नगरेकाले परीक्षामा सहभागी नहुने उनको भनाइ छ ।

उनले भने, ‘तीन महिना आन्दोलन गर्यौँ, केही नपाएपछि कसरी परीक्षामा सहभागी हुनु ?’ सरकारले मेडिकल कलेज सञ्चालकसँग गरेको सहमतिले थप अन्याय भएको भन्दै आन्दोलनरत चिकित्सा शिक्षाका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको वार्षिक परीक्षा बहिष्कार गरेका थिए । चितवन, युनिभर्सल, नेसनल, जानकी र पोखरा मेडिकल कलेजका विद्यार्थीले मंसिरमा सञ्चालित एमबिबिएस प्रथम वर्षको परीक्षा बहिष्कार गरेका हुन् । नयाँ पत्रिका दैनिकबाट