२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लापछि अब काठमाडौंमा भयङ्कर चिसो, तराईमा लगातार शीतलहर



अ+ अ-

काठमाडौं । तराईका जिल्लामा केही साताअघि सुरु भएको शीतलहरका कारण जनजीवन प्रभावित भइरहेको छ । यता काठमाडौंको न्यूनतम तापक्रम शनिबार जुम्लापछिकै मापन भएको छ, जुन यस वर्षकै सबैभन्दा कम हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंको शनिबारको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस थियो भने अधिकतम् तापक्रम १५ दशमलव ७ डिग्री । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री मापन भएको थियो ।

त्यसयता उतारचढाव आइरहेको काठमाडौंको तापक्रम शनिबार पुनः घटेको हो । महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौंसहित मुलुकभर चिसो बढेको छ । पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । पश्चिम क्षेत्रका कतिपय भूभागमा कुहिरो नहट्दा चिसो बढेको हो । पूर्वी क्षेत्रमा पनि चिसो बढेको छ ।यसैगरी, तराईका सबैजसो भागमा शीतलहरका कारण जनजीवन कष्टकर बनिरहेको छ । तराईका विभिन्न जिल्लामा शीतलहरका कारण शिक्षण संस्थाहरूसमेत बन्द गरिएका छन्।

शीतलहरका कारण मृत्युका घटनासमेत हुन थालेका छन् । तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम तापक्रम घटेको छ । एक÷दुई दिन मौसम यस्तै रहने महाशाखाले जनाएको छ । आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु वहनु, हिमालको चिसो आउनुजस्ता कारणले चिसो बढेको मौसमविद् पोखरेलले जानकारी दिइन् । १३ वर्षअघि २ फागुन २०६३ मा काठमाडौं उपत्यकामा हिमपात भएको थियो । यो वर्ष पनि काठमाडौंमा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

मौसम विज्ञान विभागले तापक्रम घट्नेक्रम जारी रहने र चिसो बढ्ने पूर्वानुमान गरेको छ । त्यसैले, चिसोबाट बच्न सतर्कता अपनाउन विभागले सुुझाव दिएको छ । शनिबार सबैभन्दा कम तापक्रम जुम्लामा मापन गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्री र अधिकतम १३ दशमलव ३ डिग्री मापन गरिएको थियो । त्यसपछि सबैभन्दा चिसो भएको काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री र अधिकतम १५ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ ।

यस्तै, वीरेन्द्रनगर सुर्खेतको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम १७ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, ताप्लेजुङको न्यूनतम १ दशमलव ९ डिग्री र अधिकतम १२ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यसैगरी, शनिबार डडेलधुराको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री र अधिकतम १३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । धनगढीको न्यूनतम तापक्रम २ दशमलव ८ र अधिकतम १४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

शनिबार दीपायलको न्यूनतम तापक्रम २ दशमलव ८ र अधिकतम तापक्रम २० दशमलव ८ डिग्री मापन गरिएको थियो । दाङको २ दशमलव ९ डिग्री न्यूनतम थियो भने १६ दशमलव ८ डिग्री अधिकतम तापक्रम मापन गरिएको थियो । यस्तै, ओखलढुंगाको न्यूनतम ३ र अधिकतम १३ दशमलव ७ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । यस्तै, शनिबार नेपालगन्जको न्यूनतम ३ दशमलव ५ र अधिकतम १२ दशमलव ६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पोखराको न्यूनतम ३ दशमलव ६ र अधिकतम १६ दशमलव ४ डिग्री मापन गरिएको थियो ।

भैरहवा र धनकुटाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । यस्तै, सिमराको न्यूनतम तापक्रम ५ दशमलव ५ र विराटनगरको ७ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । तराईका भूभागमा अपराह्नसम्म बाक्लो हुस्सु र कुहिरो रहने हुनाले राम्रोसँग घाम नलागी तापक्रममा गिरावट आई चिसो नै रहने महाशाखाले जनाएको छ । महाशाखाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

दीपायलको न्यूनतम तापक्रम २ दशमलव ८ र अधिकतम तापक्रम २० दशमलव ८ डिग्री मापन गरिएको थियो । दाङको २ दशमलव ९ डिग्री न्यूनतम थियो भने १६ दशमलव ८ डिग्री अधिकतम तापक्रम मापन गरिएको थियो । यस्तै, ओखलढुंगाको न्यूनतम ३ र अधिकतम १३ दशमलव ७ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । यस्तै, शनिबार नेपालगन्जको न्यूनतम ३ दशमलव ५ र अधिकतम १२ दशमलव ६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पोखराको न्यूनतम ३ दशमलव ६ र अधिकतम १६ दशमलव ४ डिग्री मापन गरिएको थियो ।

भैरहवा र धनकुटाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । यस्तै, सिमराको न्यूनतम तापक्रम ५ दशमलव ५ र विराटनगरको ७ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । तराईका भूभागमा अपराह्नसम्म बाक्लो हुस्सु र कुहिरो रहने हुनाले राम्रोसँग घाम नलागी तापक्रममा गिरावट आई चिसो नै रहने महाशाखाले जनाएको छ । महाशाखाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

भिजिबिलिटी कम हुँदा हवाई उडानमा समस्या: शनिबार बिहान तराई क्षेत्रका विमानस्थलमा पारदर्शिता अर्थात् भिजिबिलिटी कम हुँदा आन्तरिक उडानहरू हुन सकेनन् । दिउँसोसम्म नै त्यसको प्रभाव भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार बिहान धनगढी विमानस्थलको तापक्रम ३ दशमलव ६ डिग्री थियो भने भिजिबिलिटी ५० मिटर मात्र थियो । यस्तै, नेपालगन्ज विमानस्थलको तापक्रम ५ डिग्री र भिजिबिलिटी ५० मिटर मात्रै थियो ।

यसैगरी, भैरहवा विमानस्थलको तापक्रम ५ डिग्री र भिजिबिलिटी ५० मिटर, सिमरा विमानस्थलको तापक्रम ७ डिग्री सेल्सियस र भिजिबिलिटी ५० मिटर मात्रै थियो । जनकपुर विमानस्थलको तापक्रम ८ डिग्री र भिजिविलिटी ५ सय मिटर, विराटनगर विमानस्थलको तापक्रम ८ डिग्री र भिजिबिलिटी ५० मिटर मात्र थियो । तराई क्षेत्रका सबै विमानस्थलमा भिजिबिलिटी अत्यधिक न्यून हुँदा उडानहरू हुन सकेनन् । विमान उड्न र अवतरण गर्नका लागि कम्तीमा १० हजार मिटर भिजिबिलिटी आवश्यक पर्दछ ।

लमजुङ÷रास– मनाङ जिल्लाको तापक्रम माइनस १९ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम माइनसमा झर्दा खानेपानी बरफ बनेको छ भने जनजीवन अस्तव्यस्त बन्दै गएको छ ।चिसो बढेर रातको समयमा शुक्रबार र शनिबारको तापक्रम माइनस १९ डिग्री सेल्सियसमा झरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । उनले भने, ‘यहाँ अब फागुनसम्म यस्तै रहन्छ ।’ सदरमुकाम चामेमा गत २७ र २८ मंसिरमा परेको हिउँ अझै पग्लिएको छैन ।

प्रजिअ पौडेलले भने, ‘यतिबेला गाउँहरू प्रायः पालोपालो गरेर एक जनाले कुर्ने र अरू त काठमाडौं, पोखरा, चितवन जाने गरेका छन् । त्यसरी एक जना बस्नुको कारण पनि कोही पाहुना (पर्यटक) आए भने खानेबस्ने प्रबन्ध गर्नका लागि रहेछ । त्यसरी गएका उनीहरू अब फागुनपछि मात्र फर्केर आउनेछन् ।’ उनले थपे, ‘अफिसियल जिम्मेवारीले जिल्लावासी नबसे पनि हामीले त जिल्ला छाड्न मिलेन ।’

खानेपानीको पाइपमा पानी जमेर बरफ बनेकाले खानेपानीको समस्या भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए । ‘चिसोका कारणले यतिबेला त पाहुना राख्न नै सकिन्न,’ चामे गाउँपालिका–४ स्थित मोनालिसा होटलकी सञ्चालक लक्ष्मी गुरुङले भनिन् । उनले बिहानीपख साँझमा बाल्टीमा राखेको पानी जमेर बरफ बनेको देखाइन् । राजधानी दैनिकबाट