२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ वर्षपछि रानी र सैफ



अ+ अ-

बलिउडमा एक समय निकै रुचाइएको जोडीका रूपमा अभिनेत्री रानी मुखर्जी र अभिनेता सेफ अली खानलाई लिने गरिन्थ्यो । ११ वर्षपछि पुनः यो जोडी पर्दामा फर्किने भएको छ । सन् २००५ मा प्रदर्शनमा आएको चलचित्र ‘बन्टी और बबली’ को सिक्वेल ‘बन्टी और बबली २’ मार्फत् उनीहरू पर्दामा एकसाथ देखिन लागेका हुन् । यशराज फिल्म्सले बनाउन लागेको यो चलचित्रमा सैफ र रानी सिनियर ठगको भूमिकामा देखिँदै छन् ।

‘बन्टी और बबली’ मा सैफले अभिनेता अभिषेक बच्चनलाई रिप्लेस गर्ने निर्माण पक्षले जनाएको छ । यो जोडीले सन् २००८ मा ‘थोडा प्यार थोडा मैजिक’ मा अभिनय गरेको थियो । वरुण शर्माले ‘बन्टी और बबली २’ को निर्देशन गर्दैछन् । यो चलचित्रलाई लिएर अभिनेत्री रानी र अभिनेता सैफ निकै उत्साहित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा अभिनेता अभिषेक पहिलो रोजाइमा भए पनि उनले चलचित्रमा काम गर्न अस्वीकार गरेपछि निर्माण पक्षले सैफलाई रानीको जोडीमा छानेको हो । यसैबीच सैफले चलचित्रमा जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले चलचित्रको स्क्रिप्ट सानदार भएकोले तुरुन्तै आफू अभिनय गर्न तयार भएको जिकिर गरे । उनले यो चलचित्र पूरै पारिवारिक हुने बताए । उनले फेरि एकपटक यशराजसँग जोडिन पाउँदा आफू निकै खुसी भएको बताएका छन् ।