२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब मरेका मान्छेलाई पनि पुनः जिउँदो बनाउन सकिने डाक्टरको दाबी



अ+ अ-

काठमाडौं । के डाक्टरले एक व्यक्तिको टाउँको अर्को व्यक्तिको शरीरमा फिट गर्न सक्छन् ? मेडिकल साइन्समा अन्य अङ्गजस्तै टाउको प्रत्यारोपण पनि सम्भव हुन सक्छ ? बेलायतका एक पूर्व न्यूरोसर्जन तथा रोबोटिक्स विज्ञले यस विषयमा आफ्नो धारण राखेका छन्।

बेलायतका हल यूनिभर्सीटी टिचिङ हस्पिटलका पूर्व क्लिनिकल प्रमुख डा ब्रुस म्याथ्युलेखआउँदो १० वर्षमा टाउको प्रत्यारोपण सम्भव हुने दाबी गरेका छन्। उनले रोबोटिक्स, स्टेम सेल प्रत्यारोपण र शक्तिशाली शल्यक्रिया गर्ने प्रविधिको विकास भएका कारण यो सम्भव हुन सक्ने दाबी गरेको समाचारमा उल्लेख गरिएको छ।

सन् २०१७ मा एक चिनियाँ साइन्टिस्टले एउटा सफल टाउको प्रत्यारोपण गरेको दाबी गरेका थिए। जिआओपिङ रेन नामका एक साइन्टिस्टले एक मृत व्यक्तिको टाउँको अर्को व्यक्तिको शरीरमा सफल प्रत्यारोपण गरेका थिए।

चीनको हार्बिन मेडिकल यूनिभर्सिटीमा गरिएको उक्त शल्यक्रिया १८ घण्टा चलेको थियो। शल्यक्रियापछि स्पाइन, नब्र्स तथा ब्लड वेसल्सको रिकनेक्ट गरिइएको थियो।

डेली मेलको रिर्पोटका अनुसार डा म्याथ्युका अनुसार प्रत्यारोपका क्रममा यदी ब्रेन र स्पाइनल कार्ड साथमा राख्यो भने असम्भव हुँदैन्। यदी यो सम्भव भयो भने जुन व्यक्तिको हात खुट्टा काटिएको छ वा शरीर पूरै खराब भएको छ भने त्यस्ता व्यक्तिका लागि फाइदाजनक हुने गर्दछ। साथै मरिसकेका व्यक्तिलाई पनि जिउँदो बनाउन सकिन्छ।