२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा द्वन्द्वले पुनर्वासमा बाधा पुर्‍याएपछि अफगानिस्तान फर्किएकाहरू शान्तिको पर्खाइमा



अ+ अ-

काठमाडाैँ । एक समय अफगानिस्तान र पाकिस्तानलाई जोड्ने व्यस्त सीमावर्ती शहर तोर्खाम, सीमामा भएको झडपपछि विगत पाँच महिनादेखि बन्द छ ।

अफगानिस्तानमा पुनर्वास गरेका पूर्वशरणार्थी जार गुल एतमानजाईले तोर्खामका तीनवटा बजारमा रहेका दर्जनौं पसल र सम्पतीमा क्षति पुगेको बताए । करिव ३० करोड अफगानी (करिव ४८ लाख अमेरिकी डलर) बराबरको नोक्शान भएको अनुमान गरिएको छ । युद्धको परिणाम मानिसहरूको विस्थापन बाहेक अरू केही नभएको उनको भनाइ छ । सर्वसाधारणहरू युद्धको शिकार मात्रै भएको उनी बताउँछन् ।

६० लाखभन्दा बढी अफगानीहरू छिमेकी देश पाकिस्तान र इरानमा बसोवास गरिरहेको बताइए पनि मध्यपूर्वमा बढ्दो तनावका बीच स्वदेश फर्किनेहरूको सङ्ख्या बढिरहेको छ ।

हरेक दिन हजारौं शरणार्थीहरू अफगानिस्तान फर्किरहेका छन् तर उनीहरूले आफ्नो गृह देश सुरक्षित आश्रयस्थलबाट धेरै टाढा रहेको पाइरहेका छन् । अफगान र पाकिस्तानी अधिकारीहरूका अनुसार केही हप्ता अघि सीमामा झडप शुरु भएदेखि धेरै मानिसहरू मारिएका छन् र घाइते भएका छन् ।