१० असार २०८३, बुधबार
,
Latest
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम महोत्सवमा तीन करोडभन्दा बढी कारोबार



अ+ अ-

सुदूरपश्चिम। कैलालीको धनगढीमा गत मङ्सिर २२ देखि पुस ६ गतेसम्म आयोजित सुदूरपश्चिम महोत्सवमा रु तीन करोड ७८ लाख ३६ हजार ३६७ कारोबार भएको छ ।

आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले आज सार्वजनिक गरेको महोत्सवको आयव्यय विवरणमा रु दुई करोड ६३ लाख एक हजार ७४० खर्च भएको उल्लेख गरिएको छ । सङ्घका अध्यक्ष पुष्करराज ओझाले विभिन्न शीर्षकमा गरी रु ६० लाख ५३ हजार ७७१ सरकारलाई कर बुझाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय तथा स्थानीय कर दायित्वअन्तर्गत रु ५१ लाख भुक्तानी गरिएको छ । सबै कर तथा दायित्व भुक्तानीपछि रु २४ लाख खुद बचत रहने छ ।”
अध्यक्ष ओझाले ‘सुन्दर सुदूरपश्चिम’ अभियानलाई निरन्तरता दिँदै प्रदेशका आर्थिक, पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा र औद्योगिक र विकासका सम्भावनाको खोजी गर्न ‘भिजन सुदूरपश्चिम’ बहस कार्यक्रमसमेत प्रारम्भ गरिएको जानकारी दिनुभयो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष केशबराज जोशीले महोत्सव केवल व्यापारिक मेला मात्र नभइ सुदूरपश्चिमको पहिचान, संस्कृति, सम्भावना र व्यवसाय प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा स्थापित भएको बताउनुभयो ।

‘कृषि पर्यटन उद्योग र व्यापार, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ यस वर्षको सुदूरपश्चिम महोत्सव आयोजना गरिएको थियो । सुदूरपश्चिमको पहिचान, कला, संस्कृति र आर्थिक सम्भावनालाई उजागर गर्ने उद्देश्यले बर्सेनि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै आएको छ । रासस