२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ



फाइल फोटो ।
अ+ अ-

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना ‘एन्टि–ड्रोन’ सैन्य विज्ञ तैनाथ गरिएको जानकारी दिएका छन् ।

उनले बेलायती संसदलाई सम्बोधन गर्दै युक्रेनले ‘शहेद ड्रोन’को सामना गर्न सक्ने दक्ष जनशक्ति पठाएको बताए

उनका अनुसार ती विशेषज्ञ टोलीहरू अहिले संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेबिया मा पुगिसकेका छन् भने कुवेत तर्फ जाने क्रममा छन् ।

साथै थप ३४ जना विशेषज्ञ पनि पठाउन तयारी अवस्थामा रहेको उनले बताए  । राष्ट्रपति जेलेन्स्कीले युक्रेनले दैनिक करिब दुई हजार इन्टरसेप्टर ड्रोन उत्पादन गर्न सक्ने क्षमता विकास गरिसकेको र त्यसको आधा हिस्सा सहयोगी देशहरूलाई उपलब्ध गराउन सकिने बताए  ।

उनले समुद्रभित्र सञ्चालन गर्न सकिने ड्रोन तथा महासागरमा काम गर्ने प्रविधि पनि विकास भइरहेको जानकारी दिए । यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले इरान माथि ठूलो आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिएको छ । इरानले प्रतिकारस्वरूप आक्रमण गरेपछि होर्मुज जलडमरु हुँदै हुने जहाज आवतजावत समेत प्रभावित भएको छ ।

इरानी सांसद इब्राहिम अजीजीले सामाजिक सञ्जालमार्फत युक्रेन अमेरिकी–इजरायली युद्धमा संलग्न भएकाले अब इरानको निशानामा परेको बताए । उनले संयुक्त राष्ट्रसङ्घको प्रावधानअनुसार युक्रेनलाई ‘वैध लक्ष्य’ बनाइएको दाबी गरे । क्षेत्रीय द्वन्द्व थप चर्किने संकेत देखिएको छ ।