२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिए पनि मुलुकका सामु ठूला चुनौतीहरु छन्ः अर्थमन्त्री खनाल



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरु रहेको बताएका छन् ।

नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव समारोहलाई बुधवार सम्बोधन गर्दै अर्थमन्त्री खनालले मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिए पनि अर्थतन्त्रका सामु अझै ठूला चुनौतीहरू रहेको बताएका हुन् ।

उनकाअनुसार बैंकमा रहेको ठूलो परिमाणको निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु अर्थतन्त्रको प्रमुख समस्या बनेको छ ।

मध्यपूर्व र खाडी मुलुकमा देखिएको संकटका कारण नेपालको आपूर्ति श्रृंखला अवरुद्ध हुने र आयातित वस्तुको मूल्य बढ्नसक्ने सम्भावना रहेको पनि उनले उल्लेख गरे ।

यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा असर पार्नसक्ने भन्दै त्यसप्रति सबै पक्ष सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । यस्तो परिस्थितिमा केही विषयमा द्रुत गतिले निर्णय लिनुपर्ने आवश्यकता रहेको पनि अर्थमन्त्री खनालले औँल्याए ।

अर्थमन्त्री खनालले मुलुक अहिले सरकार परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै शक्तिशाली बहुमतसहित आउने नयाँ सरकारले वाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्दै अर्थतन्त्रलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

उनकाअनुसार अहिले समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक अवस्था देखिएको छ । नेपालमा शोधनान्तर वचतमा रहेको, चालु खाता पनि वचतमा रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो रहेको र मुद्रा स्फीति दर कम रहेको जस्ता सूचकहरू सुधारका संकेत हुन् ।

त्यसैगरी नेपाल सरकारको राजश्व वृद्धिदर कम्तीमा चार प्रतिशत पुगेको र लक्ष्यको तुलनामा करिव ८३ प्रतिशत राजश्व संकलन भएको छ । यद्यपि यी सुधारहरू पर्याप्त नभएको उनको भनाइ छ ।

मुलुकमा पर्याप्त रोजगारी सिर्जना नहुँदासम्म, निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा परिचालन नहुँदासम्म, लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण सहज नहुँदासम्म र लगानीकर्तामा आत्मविश्वास नबढेसम्म केवल सकारात्मक सूचकका आधारमा मात्र सन्तुष्ट हुन नसकिने अर्थमन्त्री खनालले स्पष्ट पारे ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै