२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपूर्ति व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री शाहको निर्देशन



फाइल फोटो
अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनका विषयमा आज धनगढीमा बसेको बैठकमा मुख्यमन्त्रीले अहिलेको अवस्थामा खाना पकाउने ग्याससहितको पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुनसक्ने सम्भावनालाई गम्भीर रुपमा लिई यस्तो कार्य गर्नेलाई कानुन बमोजिम कारबाही गर्नसमेत निर्देशन दिनुभयो ।

बैठकले खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनको अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमन तथा आपूर्ति व्यवस्थालाई नियमन गर्न सरोकारवाला सरकारी निकायलाई व्यावसायिक सङ्घ संस्था, उपभोक्तावादी सङ्घ संस्थालगायतले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख लक्ष्मीप्रसाद जैसीले सुदूरपश्चिममा हालसम्म खाना पकाउने ग्यास अभाव नरहेको जानकारी दिनुभयो । उहाँले भन्नभयो, “डिजेल, पेट्रोलको आपूर्ति व्यवस्था आजसम्म सहज नै छ, अहिलेको अवस्थामा खाना पकाउने आधा सिलिन्डर ग्यास बिक्री गर्नुपर्ने सरकारी नीति भए पनि सुदूरपश्चिममा ग्यास अभाव छैन ।”

बैठकमा प्रदेश सरकारका सचिव, कैलाली र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख, नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख, उद्योग वाणिज्य सङ्घ, ग्यास डिलर्स एसोसिएसनका प्रतिनिधिलगायतको सहभागिता थियो । रासस




भर्खरै