२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीले पूरा गरे करियरको ९०० गोल



मेसी । तस्बिर बिबिसी
अ+ अ-

काठमाडौं। अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोलको ऐतिहासिक कोसेढुङ्गा पार गरेका छन्।

बुधबार राति ‘कन्काकाफ च्याम्पियन्स कप’ अन्तर्गत नासभिल एससीविरुद्धको खेलमा गोल गर्दै यो सफलता पाएका हुन् । ३८ वर्षीय मेसी यो उपलब्धि हासिल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्।

टेनेसीस्थित जियोडिस पार्कमा भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा मेसीले सातौँ मिनेटमै गोल गर्दै यो दुर्लभ कीर्तिमान रचेका हुन्।

बार्सिलोनाबाट उनले १७ वर्षको अवधिमा ६७२ गोल गरेका थिए भने कुल ७७८ खेल खेलेका थिए । त्यसक्रममा उनले १० ला लिगा, ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए । पछि पेरिस सेन्ट-जर्मेन मा दुई सिजन बिताउँदा उनले ७५ खेलमा ३२ गोल गरेका थिए । त्यहाँ उनले नेयमार र किलियन एमबाप्पेसँग मिलेर आक्रामक ‘ट्रायो’ बनाएका थिए ।

तथ्यांकअनुसार मेसीका ९०० गोलमध्ये ७५५ गोल बायाँ खुट्टाबाट, १११ गोल दायाँ खुट्टाबाट, ३० हेडमार्फत र ४ अन्य तरिकाबाट आएका छन् । उनले ११२ पेनाल्टी र ७० फ्रि–किकबाट गोल गरेका छन् ।

मेसी र रोनाल्डो मात्र पुरुष फुटबल इतिहासमा ९०० गोल पूरा गर्ने खेलाडी हुन् । ब्राजिलका महान खेलाडी पेले र रोमारियो जस्ता खेलाडीहरू भने यो सूचीभन्दा पछाडि रहेका छन् ।