२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रितमको स्वरमा ‘तिमीले बाटो फेरयौ अरे…२’



अ+ अ-

काठमाडौं । ‘तिमीले बाटो फेरयौ अरे…२’ गीतको पछिल्लो समय चर्चासँगै यस गीतको नयाँ भर्सन ‘तिमीले बाटो फेरयौ अरे…२’सार्वजनिक गरिएको छ । भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको स्वरमा नयाँ भर्सन सार्वजनिक भएको हो ।

मेलिना राईको स्वरमा रहेको ‘तिमीले बाटो फेरयौ अरे…२’ले युट्युवमा करोड भ्युअर्स पुग्नै लाग्दा गीतकार दर्पण राईले प्रितमको स्वरमा नयाँ भर्सनको ‘तिमीले बाटो फेरयौ अरे…२’ गीत सार्वजनिक गरेका हुन् । विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा राम केसीको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

‘यो मुटु दुःखछ किन’, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता÷दर्शकको मन मष्तिकमा राज गर्न सफल गीतकार दर्पण राई । प्रितमको स्वरमा रहेको नयाँ भर्सनको गीतले आफ्ना अन्य गीतले जस्तै स्रोता÷रदर्शकको साथ पाउनेमा आफू आशावादी रहेको दर्पणले बताए ।
‘सारेगम प लिलिट चाम्स’ पछि प्रितमको यो पहिलो गीत हो । प्रितमले यसअघि दर्पणको गीत ‘यो मुटु दुःखछ किन’मा पनि स्वर दिएका थिए ।