२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस



अ+ अ-

काठमाडाैँ । त्ययुगमा चैत्र शुक्ल प्रतिपदादेखि ब्रह्माजीले समय गणना प्रारम्भ गर्नुभएको स्मरणमा बिहीवार ज्योतिष दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

ब्रह्मपुराणमा उल्लेख भएअनुसार सोही दिनलाई कालगणनाको प्रारम्भ मानिँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति लगायत ज्योतिषसम्बद्ध विभिन्न संस्थाहरूको आयोजनामा दिवस मनाइएको हो।

काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल ज्योतिष परिषद्का अध्यक्ष केशवप्रसाद धितालले पञ्चाङ्ग निर्माण भए पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको बताए । उनले पञ्चाङ्ग केवल प्रकाशनमा सीमित नभई यसको व्यवहारिक प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिए। यसका लागि परिषद्ले देशव्यापी रूपमा पहल गरिरहेको उनको भनाइ थियो।

अध्यक्ष धितालले पञ्चाङ्गसम्बन्धी देखिने विवादहरूले यसको कार्यान्वयनमा समस्या सिर्जना गर्ने भएकाले यस्ता विषयहरूको समाधानतर्फ विद्वत वर्गको ध्यान जान आवश्यक रहेको उल्लेख गरे । उनले पञ्चाङ्गलाई एकरूपता र संस्थागत सुदृढीकरणमार्फत व्यवहारमा लागू गर्न सकिए मात्र यसको उद्देश्य पूरा हुने धारणा राखे ।

उनले भने, “पञ्चाङ्ग निर्माण त भयो तर कार्यान्वयनमा समस्या देखिएको कुरा उठिरहेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि हामी निरन्तर प्रयासरत छौँ। पञ्चाङ्ग प्रकाशन मात्र होइन, यसको व्यवहारिक प्रयोग पनि उत्तिकै महत्वपूर्ण हो। त्यसैले हामी गाउँ–गाउँसम्म पुगेर सचेतना फैलाइरहेका छौँ। पञ्चाङ्गमै विवाद रहिरह्यो भने कार्यान्वयन कठिन हुन्छ, त्यसैले यस्ता विवाद समाधानमा सबै विद्वानको ध्यान जान आवश्यक छ।”

कार्यक्रममा ज्योतिष क्षेत्रको संस्थागत सुदृढीकरण र पञ्चाङ्गको एकरूपता तथा प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।