काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिनुभएको छ । शाहको सचिवालयका तर्फबाट पशुपतिभक्त महर्जन ओलीको निवास गुण्डुमा पुगेर समवेदना दिनुभएको छ ।
महर्जनले पूर्वप्रधानमन्त्री ओलीका स्वर्गीय बुबाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभयो ।
पूर्वराजाका तर्फबाट जानुभएका महर्जनले यस दु:खद् घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासमेत गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।












