२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ,सभापति थापाले दिएको राजीनामा अस्वीकृत गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज १ बजे बस्दैछ । बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने जनाईएको छ ।

थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाउनु भएको थियो । शर्माले नै राजीनामा अस्वीकृत हुने सामाजिक संञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष दिनु न्यायसंगत नहुने तर्क समेत गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ-

`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !

शुक्रबारको बैठकको अध्यक्षता शर्माले गर्ने तयारी छ।