२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा जापानलाई पुनः सैन्यीकरण नगर्न चेतावनी



अ+ अ-

काठमाडौँ। जापानले विगतका गल्तीहरू दोहोर्या उन नचाहे इतिहासबाट पाठ सिक्नुपर्ने र आफ्नो संविधानका शान्तिवादी प्रावधानहरू पालना गर्नुपर्ने रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बताउनुभएको छ ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै जाखारोभाले जापानले क्रुज मिसाइल जस्ता आक्रमणकारी हतियारहरूको खरिद लगायत पुनः सैन्यीकरणतर्फ निरन्तर कदम चालिरहेको बताउनु भयो ।

यस्ता हतियारलाई रक्षात्मक हतियारको रूपमा वर्गीकृत गर्न नसकिने उहाँको भनाइ छ । रुस लगायत छिमेकी देशहरूको राष्ट्रिय सुरक्षामा सम्भावित खतरा निम्त्याउन सक्ने हतियारहरू प्राप्त गर्नेगरी सैन्य खर्चमा गरिएको तिब्र वृद्धिका विनाशकारी परिणामहरूबारे रुसले जापानलाई बारम्बार चेतावनी दिँदै आएको छ ।

जापानका नीतिहरूले क्षेत्रीय र विश्वव्यापी स्थिरतामा अत्यन्त नकारात्मक प्रभाव पारेको छ । यसले एसिया–प्रशान्त क्षेत्रमा तनाव बढाएको छ र हतियारको होडबाजीको नयाँ चरण शुरु गर्नसक्ने जोखिम बढाएको छ ।

यदि रुसी भूमिमा नयाँ मिसाइल खतराहरू देखा परेमा, रुसले त्यसको जवाफ दिनेछ र आफ्नो रक्षा क्षमता सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्ने उहाँले चेतावनी दिनुभयो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल